सप्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं। ९ देउरीका १९ वर्षीय शंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।



यादवलाई बिक्री वितरणका लागि आफ्नै घरमा लागुऔषध राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
यादवले बिक्री वितरण गर्ने उद्देश्यले आफ्नै घरमा लागुऔषध भण्डारण गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले नाइट्रोभेट ट्याब्लेट १ हजार २५० पिस, डाइजेपाम इन्जेक्सन ७५० एम्पुल, फेनार्गन इन्जेक्सन ७५० एम्पुल, नूफिन इन्जेक्सन ७५० एम्पुल बरामद गरेको छ।




