जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी जनकपुरको सिताशरण होटलबाट मतदाता किन्दै गरेको आरोप लगाएका नेकपा एमाले जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको भन्दै एमाले नेता भण्डारी सहितका १५(२० जना नेता कार्यकर्ताले विरोध गर्दै होटलमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले आयोगका अध्यक्ष अन्सारी र प्रहरीलाई नै दुव्र्यवहार गरेपछि एमाले नेता भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।




