गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले ११८ मतले अग्रता कायम राखेको छ ।
अहिलेसम्म भएको मतगणना अनुसार मेयर र उपमेयर दुबै पदमा जसपाका उम्मेदवार अगाडि रहेका छन् ।



कुल २ हजार २ सय ९० मतको गणना हुँदा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ५९७, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ४९७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ३६०, नेपाली काँग्रेसले २४३, राप्रपाले ४७, जनमत पार्टीले २७ र नेकपा एमालेले ३१९ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा जसपाकी पिंकी कुमारी साह ६०४, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ४६३ र लोसपाकी लाल कुमारी लामाले ४०९, नेपाली काँग्रेसले १७२, एमालेले ३१०, राप्रपाले ५१, जनमत पार्टीले २७ मत ल्याएका छन् ।
यस्तै, वडाध्यक्षमा जसपाले ५३३ , नेकपा माओवादी केन्द्रले ४६१, लोसपाले ४१२, नेपाली काँग्रेसले १३३, एमालेले ३०५, राप्रपाले ५६ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाकले २०४, जनमत पार्टीले २७ मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।




