महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०नेपालका तर्फबाट मेयर पदका उम्मेदवार रहेका हरिप्रसाद मण्डलले अग्रता कायम गरेको छ ।
जारी मतगणना अनुसार लोसपा तर्फबाट उम्मेदवार रहेका मण्डलले ८ सय ८९ मतले अहिले लिड गरिरहेको निर्वाचन अधिकृत कुलबहादुर फडेराले बताए ।



मण्डलले कूल २ हजार ८९२ मत ल्याएर अग्रस्थानमा रहेका छन् । जनता समाजवादी पार्टी९जसपा० नेपालका मोहम्मद मुजिबुल राईनले उनलाई २ हजार ३ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ६ सय ९ मत ल्याएका छन् । त्यसैगरि नेकपा माओवादी केन्द्रका कमलेश मण्डल १ हजार २६ मत ल्याएका छन् ।
फराकिलो मतान्तरका साथ मेयर पदका उम्मेदवार मण्डल अग्रस्थानमा रहेका छन् । उनी मटिहानी नगरपालिकाको निवर्तमान मेयर समेत छन् । ९ मध्य ७ वडाको मतगणना भइसकेको छ । ८ नम्बर वडाको मतगणना जारी छ । आजै राती ९ नम्बर वडाको पनि नतिजा ल्याउने गरि दु्रतगतिमा मतगणना भइरहेको छ ।
वडा नम्बर ८ र ९ मा मेयर पदका उम्मेदवार मण्डलको मतदाता माझ बर्चस्व रहेको छ । मेयरमा फेरि मण्डल जितको नजिक पुगेको छ ।
यसैबीच मटिहानी नगरपालिकाको वडा नम्बर ७ मा लोसपा नेपालका जित नारायण माझी ९८९ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी मण्डलले ३३७ मत लगाएका छन् । उनी २०७४ मा उनी माओवादी केन्द्रबाटै स्थानीय तहको चुनावमा मेयर पदमा प्रतिस्पर्धामा समेत पराजित भएका थिए ।




