औरही –विद्यालयमा बन्ड्री वाल(बाहिरी पर्खाल) नहुँदा विद्यार्थीहरु बीच मै निस्केर भाग्ने गरेको गुनासो आएको छ। महोत्तरीको औरही नगरपालिका ४ कबिलासा गाउँ भन्दा करिब ५०० मिटर पश्चिममा रहेका श्री विष्णु दशै प्रा. वि श्रीपुर काबिलासामा बन्ड्री वाल नभएकोले विद्यार्थीहरुलाई टिकाउ गाह्रो भएकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविण अधिकारी गुनासो गरेका छन् ।
विद्यालयमा शून्य कक्षा (शिशु कक्षा)देखि ३ सम्म पढाइ भईरहेकोमा शिशु कक्षा २५, कक्षा १ मा २३, कक्षा २ मा ३६ र कक्षा ३ मा ४५ जना विद्यार्थीहरु अध्यनरत छन्। विद्यालय विकट तथा जोखिम स्थानमा रेहेकोले बन्ड्री वाल र कोठाहरुमा समेत झ्याल ढोका पनि नरहेको प्रधानाध्यापक रेखा यादवले बताईन् ।
विद्यालयको स्थापना २०६६ सालमा भएको थियो तर १२ सालको अन्तरालमा जिल्ला बाट विद्यालय निरिक्षण ८ साल बित्दा मात्र आएको प्रअ यादवले बताईन् ।



विद्यालय मर्मत सम्भारको लागि केन्द्र सरकार बाट एक चोटी मात्र ८३ हजार अनुदान विद्यालयले पाएको थियो।पठनपाठन मा धेरै समस्या हुदा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले आफ्नो निजि लगानिमा विद्यार्थीहरुलाई तत्काल निःशुल्क पुस्तक खरिद गरि बिद्यार्थीहरुलाई सहयोग गरेका छन् ।
अध्यक्ष अधिकारी स्थानीय सरकार (नगरपालिका) बाट यस विद्यालयको लागि बन्ड्री वाल र झ्याल ढोकाको बनाउनको लागि सहयोग माग गरेका छन् ।
https://www.facebook.com/watch/?v=395326035956684&ref=sharing




