धर्मेन्द्र कुमार यादव /सोनमा (महोत्तरी)
महोत्तरीको अती प्राचिन सोनमा गाउँपालिका ६ मगरथाना स्थित मंगलनाथ मन्दिरमा लाग्ने साउने सोमवारीको मेलामा कमला नदी बाट डाक बमको रुपमा जल ल्याई चढाउने बोलबम कवरियाहरुलाई पुरस्कार बितरण गरिएको छ।



प्रत्येक बर्ष झै साउन महिनामा लाग्ने साउने सोमवारीको मेलामा प्रत्येक सोमबारका दिन डाक बम, बोल बम र अढैया बमको रुपमा जल चढाउने गरिन्छ । त्यस मध्ये डाक बमको रुपमा जल चढाउने प्रथम, दोस्रो र तेस्रो बमलाई पुरस्कार बितरण गरिएको छ।
पुरस्कार पाउनेहरुमा प्रथममा सुकेश यादव खेश्राहा- साईकल, दोस्रोमा बिवेक यादव खेस्राहा- चादीको तगमा, तेस्रोमा रमेश यादव मगरथाना- चादीको तगमा बितरन गरिएको कुरा आयोजकले जनाएको छ।
प्रथम हुने डाक बमले ६ घण्टा मिनटमा ७५ किमि दुरी पार गरि जल चढाएको छ। यस भन्दा पहिले पनी खेस्राहाकै डाक बम प्रथम भएका थिए।




