महाेत्तरी- गाैशालामा महिला भलिबल र फुल कन्ट्रयाक्ट कराँतेका खेलाडीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार गाैशाला नगरपालिका वडा नम्बर १ स्थित भानु भक्त बोडिङ स्कुल रामनगरमा एक समारोह बिच महिला भलिबल र फुल कन्ट्रयाक्ट करातेका खेलाडीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हाे ।



नवौँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत ‘मधेश प्रदेश` महिला भलिबल छनाेट प्रतियोगिता असाेज २ गतेदेखि ५ गतेसम्म धनुषाको जनकपुरमा हुन गई रहेकोले जिल्लाबाट छनाेट गरि खेलाडीहरुलाई सम्मान गरि बिदाई गरेको मधेस प्रदेश भलिबलका उपाध्यक्ष: रबि यादवले बताउनुभयो ।

त्यसैगरी फुल कन्ट्रयाक्ट कराते खेल छनौट प्रतियोगिता असाेज ३ गतेदेखि ५ गतेसम्म प्रतियोगिता पर्साकाे बिरगंजमा हुन गई रहकोले जिल्लाबाट छनाेट गरि खेलाडीहरुलाई सम्मान गरि बिदाई गरेको मधेस प्रदेशको I.K.K.F कराते चिफ: संजिव चौधरीले जानकारी दिनुभयो ।
जसमा पुरुषतर्फकाे खेलाडीहरु: चन्दन साह – ४० कि., रितिक कुमार चौधरी – ४५ कि., रोहित यादव – ५० कि., हासिम मन्सुर – ५५ कि., सुदिप कुमार चौधरी ६५ कि., शेष जाउल – opens, निशान ठाकुर – ६० कि. र महिला तर्फकाे खेलाडीहरु: सन्ध्या ठाकुर – ४० कि., सिमा विश्वकर्मा – ४५ कि., ज्याेती कुमारी ठाकुर – Opens, प्रिया कुमारी – ५० कि. र लक्ष्मी आले मगर – ५५ कि. रहेका छन् ।
कार्यक्रम भानुभक्त बाेर्डिङ स्कुल रामनगर गौशाला महोत्तरीकाे संचालक: श्याम सापकोटाकाे प्रमुख अतिथिमा र अतिथिमा भलिबल मधेस प्रदेशकाे उपाध्यक्ष रबि यादव, मधेस प्रदेशका I.K.K.F. करातेकाे चिफ: संजिव चौधरी, टिम काेच: प्रमोद चाैधरी, अनिल रिजाल लगायत खेलाडीहरुकाे उपस्थिति रहेको थियोे ।







