जनकपुरधाम- रिपाेर्टस क्लव धनुषाको १३ सदस्यीय समिति गठन गरिएको छ ।
मुकेश कुमार ठाकुरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखाको गठन भएको हो ।



नव गठित कार्यसमितिको उपाध्यक्षमा सूचना डायरीका ओमप्रकाश साह,सुधीर मण्डल सचिवमा रेडियो धनुष ९९.७ मेगाहर्जका स्टेसन म्यानेजर प्रेम ध्वज चौहान ,सहसचिवमा न्यूज टाम्सका अनितेश कुमार यादव र कोषाध्यक्षमा प्राइम टाइम्स संवाददाता चान्दनी झालाई सर्वसम्वत चयन गरेको छ ।
सदस्यमा रविन्द्र अधिकारी,बिनिता कामत,मधेस २४ का यैयुव हुसेन,अपन जनकपुर डटकमका बिपिन यादव,अरम मण्डल,कन्चन कुमारी ठाकुर,राजा झा रहेका छन् ।
त्यस्तै क्बलले सल्लाहकार समिति समेत चयन गरेका छ । जसको संयोजकमा सस्थापक विजयकुमार यादव, महेश राय यादव, प्रमोद कुमार यादव रहेका छन् ।
त्यस्तै क्लबको संरक्षकमा विजय कुमार यादव रहेको क्लबले जनाएको छ ।
क्लबले जिल्लाका समसामयिक विषयवस्तुको बारेमा साक्षात्कार कार्यक्रम संचालनका साथै नागरिक बहस लगायतका कार्यक्रम सचालन गर्ने जनाएको छ । रिपोटस्र क्लब नेपाल धनुषाको जनकपुरधाममा केही दिनभित्रै कार्यालय संचालन गर्ने अध्यक्ष ठाकुरले जनाए ।




