जनकपुरधाम। दोस्रो जनआन्दोलन २०६२,०६३ का जिउँदा शहीद मुकेश कायस्थको निधन भएको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ स्थित आफ्नै घरमा मुकेश बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ साढे ७ बजे निधन भएको हो ।



२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
कायस्थको आज (विहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो । १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए । निरन्तरको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने भएका थिए ।




