औरही नगरपालिका
महोत्तरी(औरही )- औरही नगरपालिकाले गर्मी बढे पछी बिधालय बन्दको निर्णय गरेको छ । नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत निलम्बर मिश्रले आज एक सुचना जारी गर्दै अत्यधिक बन्द गर्ने जानकारी दिएकाछन्।
गर्मीको कारणले पठनपाठन गर्न असहज भएको तथा आसपासका पालिकाहरुले समेत बिधालयहरु बन्द गरेकाले यस नगरपालिकाले पनि सम्पूर्ण बिधालयहरु वर्षे बिदाबाट कट्टा हुने गरि बिदा दिएको सुचनामा उल्लेख गरिएको छ ।



बिधालयमा बालबालिकाहरुको स्वास्थमा पर्न सक्ने प्रतिकुलतालाई मध्य नजर गर्दै बिधालय बन्द को निर्णय भएको छ । जेष्ठ २१ गतेदेखि २६ गतेसम्म नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।





