कृष्ण राज गिरी/भैरहवा
रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र पर्ने होटल तथा रेष्टुरेन्ट राती ११ बजे सम्म संचालन हुने भएका छन् । यस अघि राती १० बजे सम्म मात्र संचालन हुने गरेको थियो।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले होटल तथा रेष्टुरेन्ट व्यवसाहीहरु सित छलफल मा व्यवसाहीहरुलाई शान्ति शुरक्षा को प्रत्याभुती दिए पछि होटल तथा रेष्टुरेन्ट राती ११ बजे सम्म खुल्ने भएका हुन् ।



होटल तथा रेष्टुरेन्ट व्यवसाहीहरुले गर्मी को समय मा मानिसहरु साझँ परे पछि घर बाहिर निस्किने र राती चाडैँ नै बन्द गर्दा व्यापारमा केहि असहज भएको मा यो निर्णय सकरात्मक रहेको र व्यापार मा केहि राहत हुने जनाएका छन् ।
तिलोक्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खाण ले होटल तथा रेष्टुरेन्ट ११ बजे सम्म खोल्ने निर्णय भएको ले आवश्यक शान्ती शुरक्षा को व्यवस्था को लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय, भैरहवा र ईलाका प्रहरी कार्यालय मंगलापुरलाई आग्रह गरेका छन् ।




