महोत्तरी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मधेशमा कांग्रेसको सरकार अपरिहार्य रहेको बताएका छन् । महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले नेपाली कांग्रेसले एक पटक सरकार बनाएर वास्तव मै प्रदेश सरकार के हो र कसरी काम गर्नुपर्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

सवै भन्दा ठुलो पार्टी भएर पनि सानो दलको पछलग्गु बन्नु भएको छ नि भन्ने प्रश्नमा उनले मधेशमा कांग्रेसको सरकार गठन हुनुपर्ने बताए। जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको उनले बताए । थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए । महामन्त्री थापाले आफूहरु भुईंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए।




थापाले जनताको सवाल राजनीति मुद्दा बन्नु पर्ने बताउँदै उनले किसानको युवाको रोजगारीको विषय, किसानको सिंचाई समस्या, विद्यार्थीको पढाई अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नु पर्ने भने । मुलुकको विकासकालागि जनताको समस्या राजनीति मुद्दा बन्नु पर्छ, महामन्त्री थापाले भने, ‘झापामा हातिको त्रास, धनुषा महोतरीका किसानलाई निलगाईको आतंकले समस्यामा परेको छ । किसानको खेतमा सिचाइको समस्या छ ।

तर यो समस्या विषयमा राजनीति छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिंदैन ।’ जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीतिक दलको प्राथमिकतामा नपरेको उनले बताए । महामन्त्री थापाले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो सम्बाद कार्यक्रमले मद्दत गर्ने बताए ।

पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । एक फरक प्रसँगमा उनले विश्वकै सबभन्दा राम्रो मनिएको व्यवस्था आफनो देशमा रहेको भन्दै यसलाई अझ बढी मजबुत बनाउँनुपर्नेमा जोड दिए । सम्बाद यात्रामा जिल्लामा देखिएको समस्या र यसको समाधानका विषयमा समेत जनताले महामन्त्री थापालाई जानकारी गराएका थिए ।

सो क्रममा युनियन महोतरी अध्यक्ष सन्तोष सिंहले मधेशको पिडा र डायरीमा नोट भएको समस्या पिडाहरु नभुल्न महामन्त्री थापालाई सुझाएका थिए । सो क्रममा नेता रामचन्द्र तिवारीेले मधेश र महोतरीको समस्या किटान गरेका थिए भने पार्टी सभापति नागेश्वर यादव सहितका नेताहरुको उपस्थिती थियो।




