बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् ।
दैनिक भास्करका अनुसार ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।



एन्जियोप्लास्टी गर्न बच्चन अस्पताल भर्ना भएको खुलेको छ । मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ।
जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्ने गरिन्छ । एन्जियोप्लास्टीले धमनीलाई चौडा बनाएर रक्तसञ्चार प्रक्रियालाई सहज बनाउँछ।
बच्चन ‘ठग्स अफ हिन्दोस्तान’ को सेटमा घाइते भएका थिए । सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि, यो चोट गम्भीर थिएन ।
उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो । तर, उनले दृश्य आफैँ गर्ने निर्णय गरेका थिए ।




