मधेश प्रदेशमा विगत ३३ बर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल मधेश प्रदेशकै अग्रणी गैर सरकारी संस्था रतौली यूवा क्लव महोत्तरीले २०८१ कार्तिक ५ गते सोमबारका दिन जलेश्वर स्थिति अग्रवाल बसेरा पार्टी प्यालेसको सभाहलमा संस्थाको ३३ औं बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मो.साकिर खानको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी प्रमुख अथिति तथा महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, धनुष जिल्ला समन्वय समितिका प्रमुख राज नन्दन मण्डल, महोत्तरी जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जलेश्वर नगरपालिकाका उप प्रमुख रौशन खातुन, गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव तथा रतौली यूवा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी लगायत ब्यक्तिहरु विशिष्ट अथिति रहेको उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, गाउपालिका तथा नगरपालिकाका प्रतिनिधि, वडा अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्र.अ. लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।




कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बैधनाथ चैधरीले स्वागत मन्तब्य सहित रतौली युवा कल्वको संस्थागत विकास तथा स्थापना काल देखि हाल सम्म संस्थाले चालेको सामाजिक अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण व्यक्ति, सरकारी तथा गैरसरकारी संघ संस्था सबै आभार एवं धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सल्लाह सहित संस्थाको सामाजिक विकासको अभियानमा साथ दिन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा रतौली यूवा क्लवका महासचिव सुरेन्द्र मण्डलले संस्थाद्धारा बिभिन्न दातृ निकायहरुको सहकार्यमा संचालित परियोजना तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती कार्यक्रम, कियर नेपाल,यु एस आइ डि को सहयोगमा संचालित एडलोसेन्ट रिप्रोडक्डिभ हेल्थ कार्यक्रम, एफ. सि. ए को सहयोगमा संचालित सामाजिक आर्थिक शसक्तिकरण परियोजना लगायतका विभिन्न परियोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस्तै आर्थिक प्रतिवेदन संस्थाका कोषध्यक्ष गुन्जा ठाकुरले प्रस्तुत गर्नुभएको थियो । साथै समुन्नती परियोजना र सामाजिक आर्थिक शसक्तिकरण परियोजनाबाट सहयोग भइ बिभिन्न साना ब्यवसायहरुमा संलग्न १० जना उत्कृष्ट ब्यवसायीहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमा एफ सि ए को सहयोगमा संचालित सामाजिक आर्थिक शसक्तिकरण परियोजना अन्तरगत लक्ष्मीनिया गाउँपालिकाका अति गरिव परिवारका ४ जना किशोर-किशोरीहरुलाई उनिहरुको लक्ष्मीनिया देखि जनकपुर सम्म पढन आउदा पढाएमा निरन्तरता तथा सहजता होस भन्ने उद्देश्यले प्रमुख अथिति तथा विशिष्ट अथितिबाट साइकल वितरण गरिएको थियो । यस्तै ५४ वर्ष सम्म पुर्ण अपांगता भए पनि अपांग परिचय पत्र नभएका बलि सदा, नागरिकता नभएकी उनकि श्रमति रिंकु सदाको कार्यक्रममा आवद्ध भएपछि ५४ बर्षमा अपांग परिचय पत्र सहित सरकारकाट पाउने सेवामा पहुच पुगेको, श्रीमतिको नागरिकता बनेको र उनका ३ वटा छोराछोरीको जन्म दर्ता भइ विद्यालय भर्ना हुन सफल भएकोले उक्त परिवारलाइ प्रमुख अथिति तथा विशिष्ट अथितिबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतियी शिक्षा तथा संस्कृति मन्त्री मा. रानी शर्मा तिवारीले र अन्य अतिथिहरूले रतौली युवा कल्वले मधेश प्रदेशका महिला, बालबालिका, अपाङगता भएका ब्यक्ति, दलित, अति गरिव परिवार र अन्य सिमान्तकृत समुदायलाइ लक्षित गरि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, जिविकेपार्जनमा सुधार लगायत अधिकार-आधारित, सुशासन, सहभागीमुलक र लोकतान्त्रिक प्रक्रियामार्फत स्थानीय जनताको सामाजिक-आर्थिक सशिक्तकरण र सामाजिक न्यायका लागि उदाहरणिय काम गर्दै यो संस्था स्थानिय सरकारी संस्थाहरूको पूरक र सहयोगी भूमिकामा काम गर्दै आइरहेको नेतृत्वदायी संस्था रहेकोले आगामी दिनमा पनि यस्तै सकारात्मक परिवर्तन ल्याउन केन्द्रित देश भरिमै परिचित गैरसरकारी सैस्थाको रुपमा विकास होस भनि शुभकामना ब्यक्त गर्नु भएको थियो।
अन्तमा कार्यक्रमको समापन सत्रमा संस्थाका अध्यक्ष मो. साकिर खानले सबै लाइ धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस संस्थाले प्रदेश सरकार र स्थानिय सरकार र अन्य सबै सरोकारवाला निकायहरूको सल्लाह सुझाव लिदै सबै संग समनवय र सहकार्य गर्दै मधेश प्रदेशको सामाजिक आर्थिक विकास तथा सकारात्मक परिवर्तनका लागि कटिबद्ध भइ निरन्तर लागिरहने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो ।




