महोत्तरी – पतंजलि योगपीठ हरिद्वार द्वारा नेपालका बाढ़ि पिडितहरुका लागि सात ट्रक खाद्यान्न सामग्री नेपाल आईपुगेको छ । खाद्यान्न सामाग्रीमा चामल,दाल,खानेतेल,चिउरा सहित भाडाकुडा र ब्लैंकेट लगायतका सामाग्रीहरु नेपालका बाढ़ि पिडितहरुलाई निःशुल्क वितरण गरिने पतंजलि योगपीठ नेपालका ट्रस्टी ई. शालिग्राम सिंहले जानकारी दिएका हुन ।
नेपालमा आएका कुनैपनि विपद्का वेला पतंजलि योगपीठ हरिद्वार सहयोग गर्दै आईरहेकोले नेपालमा यस वर्ष भएको अत्याधिक वर्षाका कारण भएको ठुलो जनधनको क्षतिलाई मध्य नजर गर्दै नेपालका बाढ़ि पिडितहरुका लागि पतंजलि योगपीठ हरिद्वार उत्तराखण्ड भारतले आपदा राहत सामाग्री नेपाल पठाएको जनाईएको छ ।
पतंजलि योगपीठ हरिद्वारका स्वामी रामदेव तथा आचार्य बालकृष्णको विशेष पहल र निगरानीमा उक्त राहत सामाग्री नेपाल पठाइएको हो । उक्त राहत सामाग्री नेपालमा बाढ़ले प्रभावित विभिन्न क्षेत्रमा प्रत्येक परिवारमा निःशुल्क वितरण गरिने छ ।


