काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पूर्वप्रमुख) पीएल सिंहको निधन भएको छ ।
उनको आज (सोमबार) उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।
तत्कालीन मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।




