सुजाता राई
विराटनगर महानगरपालिका–११ ले पहिलोपटक ‘वडा परिचय’ नामक ऐतिहासिक पुस्तक सार्वजनिक गरेको छ ।
अध्यक्ष तिर्थेन्द्र न्यौपानेको नेतृत्वमा तयार पारिएको उक्त पुस्तक विमोचनसँगै वडाले आफ्ना उपलब्धि र विकास यात्रा सार्वजनिक गरेको हो ।
विराटनगर स्थित संगम पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि- महानगरपालिकाको उपप्रमुख- शिल्प निरौला कार्की विशिष्ट अतिथि नगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्की, अतिथि -नेकपा एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरी, नेपाली कांग्रेसको महानगर सचिव झुमा निरौला, पूर्व वडा अध्यक्ष केदारबहादुर बस्नेत, २०३५ सालका सालका वडा अध्यक्ष चन्द्रमणि न्यौपाने, वडा परिचय निर्माण गर्ने क्रममा काम गरिरहनु भएका सहयोगी पुस्तक सम्पादक वरिष्ठ पत्रकार यज्ञ प्रसाद शर्मा र निर्मल तामाङ, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थिति थियो।

शुभकामना मन्तव्य- ११ नम्बरका जनप्रतिनिधिहरूको तर्फबाट पूर्व अध्यक्ष केदार कार्की बस्नेत टोल विकासको तर्फबाट राम ब.पासवान जनपथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले गरेका थिए।
अध्यक्ष न्यौपानेले दुई कार्यकालसम्म सबै जात, वर्ग र दललाई समेटेर मन जित्दै नेतृत्व गरेका छन् । उनका कार्यकालमा वडामा भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य र सामाजिक विकाससम्म उल्लेखनीय काम भएको छ । पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिलाई वडावासीले गर्वका रूपमा लिएका छन् ।




सामाजिक सद्भाव, समावेशिता र निरन्तर प्रगतिमा ११ नम्बर वडा उदाहरणीय बन्न सफल भएको सहभागीहरूले अभिव्यक्ति गरे भने कार्यक्रम सञ्चालन वडा कार्यलयकी सचिव सरस्वती ढाकलले गरेकी थिइन।




