सुजाता राई
विराटनगर । विराट मैथिल नाट्य कला परिषद्ले शनिबार विराटनगर–१ स्वर संगम संगीतालयमा बहुभाषिक कवि गोष्ठी सहित १३औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गरेको छ।



समारोह संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षतामा, प्रमुख अतिथि- प्रा.डा. विष्णु ए.स. राई तथा विशिष्ट अतिथिहरु- विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, स्वर संगम संगीतालयका अध्यक्ष कुशेश्वर राई र मैथिल ब्रह्माण्ड समाजका जिल्ला अध्यक्ष मनोज मिश्राको उपस्थितिमा सम्पन्न भयो।

उक्त कार्यक्रममा बैजनाथ यादव, महेश यादव, शान्ता कर्ण, कारी मण्डल,शंकर कामत,गोपाल निर्भीक,शारद प्रधान, नीलकमल प्रधान,ऋषि तिवारी, भूपाल अधिकारी, किरण अन्जान रिजाल,भिम कोइराला,पुष्पा सायरा, महिमा शर्मा,भगवती पोखरेल, शैलेन्द्र घिमिरे,नोबेल साकोस साहित्य संस्था शाखाकी अध्यक्ष मन्जु घिमिरे दाहाल, चन्द्रकान्त भट्टराई, विपुलेन्द्र झा, लक्ष्मी रमन झा, प्रिन्स प्रमोद ढकाल, गोविन्द भगत, बुद्धिजीवी दिनेश श्रेष्ठ, रन्जना भट्टराई, प्रीति झा, सोनी झा, रिना झा, बुद्धिजीवी उमेश कुमार भगत, बुद्धिजीवी श्याम पौडेल,सन्तोष कुमार झा,श्रदय गुरु इन्द्रबहादुर परियार, उमेश कु.गुप्ता, रविन ठाकुर स्रष्टाहरु बाट कविता वचन र शुभकामना मन्तव्य राखेका थिए ।

चार दर्जनभन्दा बढी स्रष्टाको सहभागिता र विभिन्न भाषामा प्रस्तुत गरिएका रचनाले कार्यक्रममा विविधता र आकर्षण थपेको थियो।
स्वागत मन्तव्य महेश यादवले राखे भने सिव नारायण सिंगलले कार्यक्रम सञ्चालन गरे।




