सजाता राई
विराटनगर । विराट साहित्य सङ्गमको २१औँ वार्षिक साधारण सभा तथा २३१औँ मासिक साहित्यिक श्रृङ्खला कार्तिक शनिबार राष्ट्रसेवक सहकारी भवनको सभाकक्षमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता रहेको थियो । बलराम पोखरेल प्रमुख अतिथि तथा ऋतु आसीक, प्रा. डा. हरिहर भण्डारी, सरला चापागाईं, खेम नेपाली, कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा उपाध्यक्ष जीवन काफ्लेले स्वागत मन्तव्यसहित संस्थाको परिचय प्रस्तुत गरे। साहित्यकार खखेराका दुई कृति ‘अक्षरै अक्षर’ र ‘क्वाँटी प्लस’ तथा सङ्गम अभियान (पूर्णाङ्क १८६) को लोकार्पण गरिएको थियो।

कार्यक्रममा सचिव गोपाल निर्भीकले संस्थाको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेर सुनाएका थिए । कार्यक्रममा खखेरा, गोविन्द ढुंगाना, एकनाथ ढकाल, शान्ता कर्ण, शारदा भट्टराई, कर्णाखर उपाध्याय, प्रयाग न्यौपाने, उमेश लुइँटेल, निर्मला कोइराला, लक्ष्मी रायमाझी, सरिता तुलाधर, रञ्जना भट्टराई, राधा भट्टराई, प्रा. डा. मीनराज ढकाल, डोमी कामत, कर्ण संजय, स्याम्भुनाथ कार्की, रुद्र सुवेदी, भीम कोइराला, भवानीप्रसाद पोखरेल, भागिरथा पौडेल, ऋतु आसीक, हरिप्रसाद बराल, सुजाता राई,सरिता राई,शैलेन घिमिरे सहितका स्रष्टाले आफ्ना–आफ्ना सिर्जना वाचन र सहभागी जनाए।

कार्यक्रममा सहभागी स्रष्टा मध्य एकनाथ ढाकललाई “नगेन्द्रमणि विध्या न्यौपाने गोलाप्रथा पुरस्कार” एकनाथ ढकाललाई प्रदान गरेका थिए।


