महोत्तरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की महिला नेत्री गौरी यादवले महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेकी छन्।
निर्वाचन अधिकृत नारायण प्रसाद चापागाईंले मंगलबार यादवले आफ्नो मनोनयन दर्ता गराएको जानकारी दिएका छन्।




उम्मेदवार यादवले पत्रकारसँगको संक्षिप्त कुराकानीमा भनिन् कि उनको उम्मेदवारी क्षेत्र, प्रदेश र देशको विकास, सुशासन तथा समृद्धिको नयाँ यात्राका लागि हो। उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार र जनप्रतिनिधिहरूको जिम्मेवारी रहेको उल्लेख गर्दै, आफ्नै कर्तव्यबाट बिमुख हुँदा जनताको विकासमा योगदान गर्न अघि बढेको बताइन्।

यादवले थपिन् कि शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गर्न शिक्षित युवा पिढ़ीले अगाडि बढ्नु पर्ने आवश्यकतामा उनी विश्वास गर्छिन्।




