सुजाता राई
विराटनगर। विराट फुटसल च्याम्पियनसिप- २०८३ असार ६ गते हुने भएको छ। मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा च्याम्पियनसिपको तेस्रो संस्करण विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा हुने भएको छ।



तेस्रो संस्करणको च्याम्पियनसिपको बारे जानकारी दिँदै आयोजक मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले च्याम्पियनसिपमा मोरङका ६ वटा टिमहरूको सहभागिता रहने बताउनु भयो । उहाँले मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, बुढीगंगा, विराटचोक र विराटनगर गरेर ६ वटा टिमको सहभागिता रहने जानकारी दिएका हुन् ।
ताम्राकारले पछिल्लो समय युवा पुस्तामा लोकप्रिय खेल फुटसलको प्रचार र युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने च्याम्पियनसिप उपयुक्त अवसर हुने अनुभव गर्दै फाउन्डेसनले प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
प्रतियोगितामा विजेतालाई ट्रफी, मेडलसहित २५ हजार नगद र उपविजेतालाई ट्रफी, मेडलसहित १५ हजार पुरस्कार रहने घोषणा गरिएको छ भने नक-आउट विधिमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल एकै दिन सम्पन्न हुनेछ।




