सुजाता राई
विराटनगर । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको विराट साहित्य सङ्गमको २४०औँ साहित्यिक शृङ्खला तथा कथाकार हरिप्रसाद अधिकारीको तेस्रो कृति ‘चारमन दाउरा’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।



राष्ट्रसेवक सहकारी भवनमा आयोजित कार्यक्रम सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षता तथा बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रा. डा. मीनराज ढकाल र जीवन काफ्ले विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सो अवसरमा कथाकार अधिकारीको कृति लोकार्पणमा समालोचक भवानी पोखरेलले लेखक परिचय प्रस्तुत गरे भने मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले पुस्तकबारे परिचर्चा गरेका थिए।
कृतिकार अधिकारीले आफ्नो लेखकीय अनुभव सुनाए। साहित्यिक शृङ्खलामा डा.देवी पन्थी,प्रा.खेम नेपाली एकनाथ ढकाल, सरला चापागाईं, डा.हरिहर भण्डारी,ममता मृदुल, कविता केशरी, भीम कोइराला, केसव रिजाल, किरण रिजाल, प्रयाग न्यौपाने, सुजाता राई, रञ्जना भट्टराई,एकराज भट्टराई, निर्मला कोइराला, अम्बिका उप्रेती, सरिता तुलाधर, पुष्पा सायरा, राधा भट्टराई, शैलेन्द्र घिमिरे, गोपाल निर्भीक, गणेश बज्राचार्य, कुमार प्रधान, नानुमैया दाहाल, शारदा भट्टराई, जमुना पौड्याल, डोमी कामत, उमेश लुइटेल, लीलानाथ सिलवाल, भूपाल अधिकारी, ऋषि तिवारी, श्याम पौडेल, कर्णाखर उपाध्याय, भीमेन्द्रबहादुर कार्की, रेनुका राई स्मृति, लक्ष्मी युग्मी, सृजना प्रसाईं, लक्ष्मी रायमाझी, अर्जुन नेपाल, मञ्जु घिमिरे दाहाल, खेम नेपाली, विद्याप्रसाद गौतम, अच्युतप्रसाद खतिवडा, शम्भुप्रसाद भट्टराई र नारायण दाहाललगायत स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रममा चुडामणि कोइराला, मेघनाथ रिजाल, हरिप्रसाद बराल, सीमा आभास, सुनिल पोखरेल र शिरोमणि भट्टराईलगायत साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो।
सहभागीलाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएको पुरस्कार चिठ्ठा (गोला प्रथा) मार्फत नगेन्द्रराज न्यौपाने र विन्ध्या न्यौपानेले पुरस्कार प्रदान गरेकोमा भीमेन्द्रबहादुर कार्की र नवीन खतिवडाले उक्त पुरस्कार प्राप्त गरेका थिए।
सचिव गोपाल निर्भिक बाट कार्यक्रम सञ्चालन भएको कार्यक्रमको अन्त्यमा हालै निधन भएका साहित्यकार राजेन्द्र विमल र योगेन्द्र दाहालको स्मृतिमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।




