महोत्तरी- जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच भएको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत हुनुभएको छ।
पार्टी समायोजनपछि जिल्लाको नेतृत्वको जिम्मेवारी पाउनुभएका यादवलाई विभिन्न नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



नयाँ जिम्मेवारीसँगै यादवको नेतृत्वमा जिल्लामा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, नेता–कार्यकर्ताबीच आपसी एकता र सहकार्य अभिवृद्धि हुनुका साथै पार्टीका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
नवनियुक्त जिल्ला अध्यक्ष यादवले पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार संगठनलाई एकताबद्ध बनाउँदै जिल्लामा पार्टीको गतिविधि प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा नेता तथा कार्यकर्ताले गरेका छन्।
उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।




