ढल्केवर, धनुषा
प्रदेश २ सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले जङ्ली जनावरको चोरी सिकारी तथा अवैध वन्यजन्तु व्यापारलाई निरुत्साहित गर्न प्रदेश २ सरकार गम्भीर रहेको बताउनुभएको छ ।
बिहिबार धनुषाको ढल्केवरस्थित कोमल होटलमा डिभिजन वन कार्यालय धनुषाको आयोजना तथा मिथिाल वाइल्डलाइफ ट्रस्ट र भाटेघारी चुरे सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरको समन्वयमा आयोजित अवैध वन्यजन्तु व्यापार न्यूनिकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रममा वन्यजन्तुको अवैध व्यापारलाई रोक्नुको साथै चुरे संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
वनमन्त्री महतोले वन्यजन्तुको अवैध व्यापार ठूलो समस्याको रुपमा रहेको बताउनु हुँदै यसका लागि वन कार्यालय, पर्यावरण अभियानी तथा जङ्ली जनावर संरक्षण अभियानमा लागेका संघ सस्थासँग सहकार्य गरी नियन्त्रणको प्रयासमा लाग्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश २ का सभासदस्य तथा पर्यावरण अभियानीसमेत रहनु भएका रामअशिष यादवले प्रकृतिको संरक्षणबिना देश समृद्ध हुन नसक्ने बताउनुभयो ।
प्रकृति नरहे हामी बाँच्न सक्दैनौं । त्यसैले अहिलेको समयमा सबैभन्दा जरुरी प्रकृतिको संरक्षण गर्नु रहेको उहाँले भन्नुभयो । राणाकालिन समयदेखि नै नेपालको प्रकृतिको विनास सुरुभएको बताउँदै सभासदस्य यादवले अहिलेसम्म प्रकृतिको दोहन नरोकिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अब पनि प्रकृति संरक्षण र सम्बद्र्धनमा गम्भीरता देखाएन भने आउने समयमा अक्सिजनको सिलिण्डर पिठ्यूँमा बोकेर हिँड्नुपर्ने सभासदस्य यादवले भन्नुभयो ।
प्रदेश २ वन निर्देशनालयका निर्देशक जगरनाथप्रसाद जयसवालको अध्यक्षतामा पहिलो पटक प्रदेशस्तरीय अवैध वन्यजन्तु व्यापार न्यूनिकरणसम्बन्धित अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु तथा चराचुङ्गीको अवैध व्यापार, चोरी सिकारीको अवस्था एवं न्यूनिकरणका उपाय र संरक्षणका बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
विज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपाल हाल चोरी शिकारी र मासुको रुपमा प्रयोग गर्दा ५७ प्रतिशत चराको कमी भएको र २२ प्रजातिका चरा समाप्त भइसकेको जानकारी दिनुभयो । उहाँहरुले पछिल्लो तीन महिनामा मात्रै दुई नम्बर प्रदेशमा करिब एक लाख ५० हजार बगेरी मानिसले मासुको रुपमा प्रयोग गरेको बताउनुभयो ।
हात्तीको दाँत, गैडाको खाग, सालकको खप्पर, बाघ, चितुवा र हरिणको छालाको चोरी, तस्करीलगायत वन्यजन्तुको शिकारी गर्नेहरुको ठूलै नेटवर्क रहेको कार्यक्रम विज्ञहरुले जानकारी दिनुभयो ।
कार्यक्रममा वन मन्त्रालयका सचिव बिन्दु कुमारी मिश्र, सव डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिलकुमार कर्ण, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, जनकपुर वन प्राविधिक समाजका सुरेश शर्मा, मिथिला वाइल्डलाईफ ट्रष्टका देवनारायण मण्डल, भाटेघरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष श्याम गोललगायत प्रदेशको आठवटै सव डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका पर्यायरवण अभियानी तथा प्रतिनिधीहरुको उपस्थिती थियो ।