औरही । महोत्तरीको औरही नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ । औरही नगरपालिका वडा नम्बर १, ८ र ९ को मतगणना सम्पन्न भएको छ भने वडा नम्बर २ को मतगणना जारी रहेका छन् ।
अहिले सम्म कुल ६ हजार ७२ मतको गणना हुँदा मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदिप कुमार खडकाले २५५१ र नेपाली काँग्रेसका सुनिल कुमार यादवले १९९६ मत ल्याएका छन् । यस्तै उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रेणु झाले २३०७ र नेपाली काँग्रेसकी रेखा यादवले २०५२ मत ल्याएका छन् ।



यस्तै औहरी नगरपालिकाको विभिन्न वडाध्यक्ष पदमा वडा नम्बर १ को लोसपाबाट योगी चौधरीले ५२९, वडा नम्बर ९ को नेपाली काँग्रेसबाट रघुनन्दन चौधरीले ३८४ र वडा नम्बर ८ को नेपाली काँग्रेसबाट राम आश्रय यादवले ८४३ मत ल्याएर विजयी भएका छन् ।




