
२०६४ सालको संबिधानस सभाको निर्वाचनको बेला मधेस आन्दोलनको ठूलो हावा थियो । आम निर्वाचनमा भनिन्छ की जनताको हावा जता हुन्छ जित उसकै हुन्छ ।
अमरेश सिंह भन्दा पहिला सर्लाही उक्त क्षेत्रबाट नेपाली कांग्रेसबाट महन्थ ठाकुर लड्ने गर्थे र जित्थे पनि । मधेसवादी दल खोलेर आउनुभएका ठाकुरलाई आफ्नै क्षेत्रमा पराजय हुनुपर्यो । र विजयी हुनुभयो डा. अमरेश सिंह । २०७० मा पनि अमरेश सिंहलाई नै सर्लाहीका जनताले आफ्ना प्रतिनिधिकारुपमा निर्वाचित गरे । छ महिनाको लामो मधेस आन्दोलनको आक्रोसको बिच २०७४ को निर्वाचन भयो ।

नेपाली काँग्रेसको नेतृत्वमा संबिधान आएको कारणले गर्दा मधेसमा काँगे्रस प्रति सर्बसाधारणको मनमा रिस थियो । एमाले, माओवादी लगायत अन्य बामपन्थी दलहरुबिचको गठबंधनका कारण काँग्रेसको अवस्था कमजोर रहेपनि सिंह सर्लाही ४ बाट निर्वाचित हुनुभयो । साबिक जनकपुर अंचलमा पर्ने ६ जिल्लामा काँग्रेसबाट सिंह मात्रै विजयी हुनुभएको थियो ।
मधेस प्रदेशमा पर्ने ३२ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले केबल ६ वटा सिटमा जित हात पारेका थिए । ती मध्ये एक हुन डा.सिंह । लगातार जितको रहस्यबारे सिंह सार्वजनिक रुपमा भन्नु हुन्छ की, ‘आम जनतालाई काम गर्ने प्रतिनिधि चाहियो । जनताको समस्यालाई बुलंदीका साथ सदन र सम्बन्धित निकायमा पुर्याउने नेता चाहियो । देखिने गरि विकास गर्ने नेता चाहियो । र म आफ्ना क्षेत्रका जनताको समग्र विकासको लागि सदैब सक्रिय रहन्छु । प्रतिनिधिसभामा इमान्दारीका साथ भूमिका निर्वाह गर्छु । लोकतन्त्र जहिले पनि जनतामुखी रहोस त्यसको लागि म प्रतिबद्ध रहँदै आएको छु त्यहीभएर सर्लाहीका जनताले मलाई लगातार आफ्नो साथ र सहयोग दिँदै आइरह्नु भएको छ ।’

पछिल्लो निर्वाचनमा सिंह निर्वाचित हुँदा मधेस प्रदेशमा ठूलो र पुरानो काँग्रेसी नेताको रुपमा आफूलाई प्रचारित गर्दै आएका नेताहरुको मनमा सिंहप्रति इख भरेर आयो । राजनीतिक बिचार र अडानमा अडिग रह्ने स्वभावका नेता सिंहबाट ती पुराना ठूला भनाउँदा नेताहरुले अनावश्यक भक्ति नपाउने देखेपछि र सिंह भोलीको दिनमा मधेस प्रदेशमा जडा गाड्ने देखेपछि वहाँ कै क्षेत्रमा झग्डा लगाउने भए । चौधौ महाधिवेशनको बेला अमरेश सिंहको बिरुद्ध माहोल बनाइयो । अधिवेशनबाट सिंहलाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक लगाउन सफल भए । नेपाली काँगे्रस भित्रै लोकतन्त्रको मर्म बिपरित बोल्ने आफ्नै दलका नेताहरुको समेत कडा आलोचना गर्नबाट पछि नहट्ने स्वभावका सिंह शेखर कोईराला समूहमा लागेर पार्टीभित्र एउटा सशक्त खबरदारी गर्दै आइरहेका व्यक्तित्व हुन । देशको आर्थिक व्यवस्था, समकालिन विश्वमा विद्यमान अन्तराष्ट्रिय सम्बन्धका आयामहरुमा गहन अध्यन र जानकारी राख्ने नेता सिंह सामाजिक न्याय सहितको लोकतन्त्रको प्रखर वक्ता हुन् । जवाहरलाल नेहरु यूनिभरसिटीबाट पिएचडी गर्नुभएका नेता सिंह बिधिको साशनको सवालमा बामपन्थी होस या आफ्नै पार्टीका शक्तिसाली नेता होस, सबैप्रति आफ्नो रचनात्मक आलोचना राख्नु हुन्छ ।
सिंह दिल्लीमा विद्याबारिधी गर्न गएको बेला नेपालमा राजा ज्ञानेन्द्रले “शाही कू” गरेका थिए। नेपाली काँगे्रसका नेता गिरिजाप्रसाद माओवादीलाई शान्ति सम्झौतमा ल्याउन र देशबाट राजतन्त्र हटाउन लागिपरेको थियो । त्यहीबेला हो माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएको थियो । सिंह दिल्लीमा हुँदा नेपाली कांगे्रसको तर्फाबट शान्ति प्रक्रियामा शक्रिय भूमिका खेल्नुभएका थिए । पढाईमा अब्बल र नेपाली काँगे्रसमा विद्ययार्थीकाल देखि सक्रिय रहेका नेता सिंहले पार्टीप्रतिको आफ्नो दायित्वलाई सांगठनिक र बैचारिकढंगले अगाडी बढ्दै गए ।
चर्चामा सर्लाही-४
मंसिर ४ गते हुने निर्वाचनका संघिय सांसदको निर्वाचनमा उम्मेदवारी सिफारिसको क्रममा सर्लाही काँगे्रसले अमरेश सिंहको नाम सिफारिस गरेन भनी बडो चर्चा छ । तर यो घटनालाई रचनात्मकढंगले हेर्दा यसरी पनि बुझ्न सकिन्छ की, सर्लाही काँगे्रसबाट डा.सिंहको नाम सिफारिस भएर वा वहाँकै साथसहयोगले काँगे्रसबाट राजनीति गर्ने वर्तमान जिल्ला सभापति सुरेन्द्र सिंह र वहाँको कान्छो भाई बिरेन्द्र सिंहले बिभिन्न दबाबका कारण आफ्नो पदीय अधिकारको दुरुपयोग गर्नुभयो ? २०७४ मा भएको निर्वाचनमा अमरेश र विरेन्द्रसँगै थिए । अमरेश सिंहको राजनीतिक ओजको कारण विरेन्द्र सिंह पनि प्रदेश सभामा निर्वाचित भए । अहिले मधेस प्रदेशमा मन्त्री छन् । तर निर्माण व्यवसायी पृष्ठभूमीबाट राजनीतिमा सक्रियता बढाएका विरेन्द्र र सुरेन्द्र देउवाको साविक समूहका नेताहरुसँग साँठगाँठ बढाउन थाले ।

डा. शेखरको समूहमा प्रखरताका साथ लागेका डा. सिंहको बिरुद्ध खुलेर लाग्न थाले सर्लाही जिल्ला सभापति सुरेन्द्र । देउवा खेमाका दुई-चार जना नेताले उक्साहटपूणर् तरिकाले मनोबल बढाउँदै गयो । मधेस प्रदेस आधार क्षेत्र भएका केही नेताहरुले पनि अमरेश कमजोर हुनुमा आफ्नो प्रगति देख्ने भएकोले डा.सिंहलाई सक्दोजति बर्बाद गर्ने मुहिम नै चालउँदै आएको बुझिन्छ । काँगे्रस क्षेत्रिय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो जसबारे आलोचकहरुले विरेन्द्र र सुरेन्द्रले गरेको निर्रथक प्रयाशको रुपमा लिएको थियो । साथै यसका केही भित्री पाटाहरु पनि छन् । पहिलो, एउटा बैठकमा सर्लाहीका सभापति सुरेन्द्र सिंहले नागेन्द्र यादवलाई संसदिय निर्वाचन लड्न आग्रह गर्यो । तर नागेन्द्र यादवले सिधै प्रतिप्रश्न गरे, भोट कसले दिन्छ मलाई ? जातिय समिकरणबारे चर्चा गर्दै नागेन्द्रले चार पाँच वटा समुदायले अमरेश सिंहको बिरुद्धमा लड्दा भोट नआउने आँकलन गरीसकेका थिए । उनले थप्दै भने, लड्ने नै हो भने सभापतिजीले एकडेढ करोड नगद सहयोग गर्नुपर्छ ! र चर्चा टल्यो । बिभिन्न प्रयाशका बाबजुद अब्बल उम्मेदवार नपाएपछि अपरिपक्वताको प्रदर्शन गर्दै जिल्लाले गगन थापाको नाम सिफारिस गर्यो । अब मात्र १० वर्ष सक्रिय राजनीति गर्ने भनी उद्घोष गरिसकेका थापा आफ्नो राजनीतिलाई ‘खिचडी’ पक्कै बनाउँदैन भनी आकलन समेत गरेनन् । दुई महिना पहिला नेपाल लाइभ भन्ने संचार माध्यममा डा. सिहले हामी ८० वर्षे नेतालाई होइन, युवा नेता गगन थापालाई प्रधानमन्त्रीमा स्वीकार गछौ भनी खुलेर भनेका थिए । गगन र अमरेशको मित्रवत सम्बन्धबारे थाहा नहुनेहरुले उक्त अन्र्तवार्ता ध्यानपूर्वक सुनेको भए रामै्र हुन्थ्यो भन्नेहरु प्रसस्त छन् ।
व्यपारी पृष्ठभूमिका सर्लाहीका केही नेताहरु जसरी पनि अमरेश सिंह चुनावी प्रतिस्पर्धाबाट बाहिर रहुन भन्ने मानसिकताका साथ लागि परेका छन् । केहीदिन पहिला लोकतान्त्रीक समाजवादी पार्टीका कार्यकारिणी सदस्य रहेकी एकजना नेतृ काँगे्रस प्रवेश गर्दा जिल्ला सभापतिसँगै थिए । उक्त नेतृलाई काँगे्रसले सर्लाही ४ बाट चुनाब लड्ने भनी आश्वासन पाएको कुरा केही मिडीयाहरुमा समेत सम्प्रोसित गराइएको थियो । तर ती सबै मिथ्या साबित भयो । स्रोतका अनुसार मधेस प्रदेश उपाध्यक्ष र प्रदेशमा मन्त्री रहेका विरेन्द्र सिंह पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्येक्ष भेटेर डा.सिंहलाई टिकट नदिन आग्रह गरेका थिए । देउवाले त्यसो हुँदैन । म प्रधानमन्त्री अमरेश सिंहको भोटले बनेको हुँ । अमरेश सिंह नेता हो भनी देउवाले विरेन्द्र सिंहलाई जबाफ फक्राएका थिए । काँगे्रसबाट अमरेश सिंह बाहेक उक्त क्षेत्रमा जितको बुलंदीकासाथ चुनाव लड्ने नाम भएको नेताको अभाव त्यतीकै प्रस्ट हुन्छ ।
बिचारमा कडा अमरेश
श्रीलंकाको अर्थतन्त्रको टाट पल्टेको खबरले नेपाली समाजमा पनि त्यसको भययुक्त चर्चा परिचर्चा हुन थालेको थियो । कति अर्थवीदहरुले त नेपाल पनि श्रीलंका बन्ने भनी हौवा पिट्न सुरु गरेका थिए । साउन १७ को संसदमा अमरेश सिंहले देशको अर्थतन्त्रबारे अनुशन्धानमुलक तथ्यांक सार्वजनिक गर्दै देशको अर्थतन्त्रको समस्याको नालेबेली सार्वजनिक गरे । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा रहेका कुल ५० खर्ब स्रोतमध्ये ३० खर्ब रुपैयाँ १० वटा व्यपारिक घरानाको पकडमा रहेको बताए । व्यपारिक घरानामा वित्तीय स्रोत सीमित रहेको हुँदा अर्थतन्त्र कमजोर बनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । याहाँ सोँच्नुपर्ने कुरा के हो भन्ने, नेपालको राजनीतिमा माफिया, बैंकर, ठेकेदार, व्यपारीहरु हावी भएका बेला देशकै शक्तिशाली १०० जनाले अर्थतन्त्र कब्जा गरेको छ भनी सदनमा बोल्नु ती सबै शक्तिशाली व्यपारीलाई चिढ्याउनु होइन ? कति जना सांसदले त्यसरी खुलेर बोल्ने आँट गर्छन नेपाल जस्तो देशमा ? यस्तो आँट गर्ने डा. सिंह चुनावलाई एउटा प्रक्रियाकोरुपमा लिने गर्छन । लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिताको महत्वको वकालत गर्ने डा.सिंहले आफ्नो क्षेत्रमा एउटा भाषणमा केबल चुनावको नाममा आफु कुनै ठेकेदारसँग सम्झौता नगर्ने बताएका छन् ।

लगातार निर्वाचन जितेर काठमाण्डौमा लोकतन्त्र र विधीको साशनबारे बोल्ने स्थापित नेताको कारण सर्लाही क्षेत्र नं ४ अमरेश सिंहको क्षेत्रकोरुपमा बुझिँदै आएको छ । आफ्नै पार्टीभित्रको अन्तरकलहका कारण दुबै खेमालाई अपठ्यारो पर्ने देखिन्छ । यस्तो अवस्थामा माथिको खेमा होइन की आपसी समझदारीको हिसाबले त्यहाँका नेताह्रु चुनावमा भाग लिनुपर्ने अवस्थाको बिकल्प छैन् । क्रमश…
यो पनि हेर्नुहोस् ।
‘१०० व्यापारीको मुठ्ठीमा ३० खर्ब’
८० वर्षकाेलाई हाेईन हामी गगन थापालाई प्रधानमन्त्री स्वीकार गर्छाै: डा.अमरेशकुमार सिंह