कृष्ण राज गिरी/भैरहवा
रुपन्देही प्रहरी द्वारा सिद्धार्थ नगर नगरपालिका वडा नं १३ वाट विशाल जयसवालले आफ्नै घरमा भारतवाट भंसार छलि चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा विभिन्न व्रान्डको मोवाईल बरामद गरेको छ। बरामद गरिएको सम्पुर्ण मोवाईलको अनुमानित मुल्य ३ लाख ३२ हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले साउन १७ गते अवैध रुप मा लुकाई छिपाई राखेको अवस्था मा विशाल जैसवाल को घर वाट स्क्रिनटच मोवाइल ३६ थान,विभिन्न व्रान्ड का सादा मोवाइल १० थान र पावर वैंक ६ थान वरामद गरी ४० वर्षिय विशाल जयसवाल लाई नियन्त्रण मा लिएको हो ।
बरामद गरिएको सम्पुर्ण समान र पक्राउ परेका मानिस थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी गराए ।




