भैरहवा- ईन्टरनेटको दुरुपयोग गरी अनलाईन सट्टेवाजी वान एक्स वेट लगायत विभिन्न खेल खेलाई २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैंया बराबर को कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति लाई प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा झापा जिल्ला दमक नगरपालिका वडा नं १२ घर भएका ३० वर्षिय पिन्टु कुमार साह रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।



निज साह ले अनलाईन वाटै युजर आई डि र पासवर्ड वनाई फारम वुझाउन लगाई अनलाईन सट्टेवाजी र अनलाईन गेम खेल्न लगाई बिभिन्न बैंक खाताहरुमा रकम जम्मा गर्न लगाउने गरेको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंकको नियम बिपरित गैरकानुनी रुपमा २४ करोड १५ लाख वढी रकम को कारोबार गर्ने कार्यमा संलग्न रहेको पाइएको ले निज साहलाई पक्राउ गरी जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी गराए ।





