भैरहवा- रुपन्देही जिल्ला को बुटवल उप-महानगरपालिका वडा नं ११ देविनगर वाट प्रहरी ले लागु औषध ब्राउन सुगर ३ ग्राम ६० मिलिग्राम सहित दुई जना लाई विहिवार पक्राउ गरेको छ।
पक्राउ पर्ने मा बुटवल उप-महानगरपालिका वडा नं ११ मा घर भएका भोले चौहान र सोही घरमा डेरा गरी बस्ने सोम बहादुर सुनार रहेको प्रहरी ले जनाएको छ।
बुटवल उप-महानगरपालिका वडा नं ११ मा रहेको भोले चौहान को घर मा डेरा गरि बस्ने सोम बहादुर सुनारको डेरा कोठामा आगु औषध ब्राउन सुगर बिक्रि वितरण भई रहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय र मातहत वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटि गएको प्रहरी टोलिले निज सोम बहादुर सुनारको घरकोठा खानतलासी गर्दा सोधपुछको क्रममा खुल्न आएका सोम बहादुर सुनार,भोले चौहानलाई फेला पारी निजहरुको शरिर खानतलासी लिदाँ निजहरुको साथबाट ३ ग्राम ६० मिलिग्राम आगु औषध ब्राउन सुगर बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ।




