भैरहवा- हरेक वर्ष डिसेम्बर ३ मा मनाईने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिन देखि लागू हुने गरि नेपाल एयरलाईन्स ले अपाङ्गता भएका दुई जना यात्रु लाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरेको जनाएको छ।
रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक उडानमा मा पहिलो दुई जना अपाङ्ग यात्रु लाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको र उक्त सुविधाको लागि सम्वन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने नेपाल वायु सेवा निगम का प्रवक्ता रमेश पौडेल ले जानकारी गराएका छन् ।




