सर्लाही- सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको शव परिवारलाई जिम्मा लगाइएको छ। तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।
आइतवार पीडित पक्ष र प्रशासनबीच सहमति भएपछि शव उठाइएको थियो। सहमतिसँगै तीन दिनदेखि तनावग्रस्त रहेको बरहथवाको अवस्था सामान्य बन्दै गएको छ।



सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको संयोजकत्वंमा आइतवार अबेर साँझ पीडित परिवारसँग विभिन्न बुँदामा सहमति भएको थियो।
बरहथवा अस्पतालको स्तरोन्नतिको माग गर्दै प्रादेशिक अस्पताल बनाउनु पर्ने मागसहित केही पक्ष आन्दोलित थिए। जारी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली टाउकोमा लागेर स्थानीय ३० वर्षिय जयशङ्कर साहको घटना स्थल मै मृत्यु भएको थियो।
यसैबीच, ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई जिल्ला तानिएको छ। उनको ठाउमा हाललाई बरहथवा प्रहरीको कमान्ड सर्लाही जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कार्यरत इन्सपेक्टर ओम यादवलाई सुम्पिएको छ।
डिएसपी तानिएसँगै गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जय शङकर साहको शव उठाएर मलङ्गवा स्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको थियो।
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/
मैले गोली चलाउने आदेश दिएको छैन
https://shirishnews.com/2024/01/06/52910/
बरहथवामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव घटनास्थलबाट अझै उठेनन्
https://shirishnews.com/2024/01/06/52914/
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
https://shirishnews.com/2024/01/06/52922/
सर्लाहीको बरहथवामा कर्फ्युमा पनि शव सहित प्रदर्शन जारी
https://shirishnews.com/2024/01/06/52935/
बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति
https://shirishnews.com/2024/01/06/52974/
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
https://shirishnews.com/2024/01/06/52979/
बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्याउँदै प्रहरीको गोलीले ढले जयशंकर
https://shirishnews.com/2024/01/06/52983/
काँग्रेस-एमालेको जुँगाको लडाई अनाहकमा ज्यान गुमाए जयशंकर
https://shirishnews.com/2024/01/07/52987/
दुई दिनमा पनि उठेन बरहथवामा प्रहरीको गोली लागेर ढलेका जयशंकरको शव
https://shirishnews.com/2024/01/07/53029/
बरहथवामा जयशंकरलाई गोली दाग्ने हवल्दार जिल्ला तानिए
https://shirishnews.com/2024/01/07/53032/
बरहथवा घटना: साहको शव सडकमै, पीडित परिवारले गराए बजार र यातायात बन्द
https://shirishnews.com/2024/01/07/53036/
सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा
https://shirishnews.com/2024/01/07/53046/





