काठमाडौं- ब्लड फर नेपालद्वारा काठमाडौंको नक्सालमा रगतका कुरासँगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार प्लेवेल नेपाल वालेटको आयोजना र वल्ड फर नेपालको सहकार्यमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा कार्यक्रम भएको थियो। कार्यक्रममा रगत भन्ने विषय सँग सम्बन्धित बुंदाहरुमा छलफल गरी रक्तदान गर्नुपर्ने फाइदा, उदेश्य र महत्त्व बारे स्वयमसेवकहरु माझ जनचेतनामुलक सन्देश एकआपसमा सेयर गरेका थिए।

प्लेवेल नेपाल वालेटका स्वयंसेवकहरु,ब्लड फर नेपालका सदस्य सुरुची साह ,डलकेश अचार्य ,सुमित साह,मनिष भद्र,रोनक शाक्यको उपस्थिति रहेको थियो। रगतका कुरासँगै रक्तदान कार्यक्रममा सहभागी मध्येहरुबाट २ महिला र १६ पुरुषले रक्तदान गरेको कुरा ब्लड फर नेपालल काठमाडौं टिमका प्रतिनिधि जयकृष्ण महतोले बताउनुभयो। उनले प्लेवेल नेपाल वालेटसहित सहभागी सबै सहकर्मी र रक्तदाताहरुलाई धन्यवाद दिएका थिए।
ब्लड फर नेपालसँग सहकार्य गरेर खुशी लागेको कुरा प्लेवेल नेपाल वालेटका कार्यक्रम संयोजक सुमनराज गिरीले बताउनुभयो। उनका अनुसार "यहाँहरु रगत जस्तो महत्वपुर्ण विषयमा काम गर्नुहुन्छ ,यो एकदमै सुखद पक्ष हो। आगामि दिनहरुमा पनि सहकार्य गर्ने हाम्रो अपेक्षा रहेको कुरा बताउनुभयो।

ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गरिरहेको र विधालय - विधालयमा रगत को विषय,रगतको महत्व र रगत बारे बिधमान अवस्थाहरु बारे जानकारी गराउदै जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ। रगतको आपुर्ती हुन नदिन र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर देशका विभिन्न ठाउँहरूमा ब्लड फर नेपालले समुह बनाएर काम गर्दै आएको छ।




