विष्णु गुप्ता,महोत्तरी - जनजागृतिका लागि निरन्तर अभ्यासरत रहेको सेभ जलेश्वर लगायत महोत्तरी सदरमुकामका युवाहरुहरु द्वारा गरिने धार्मिक मोटरसाईकल परिक्रमा यात्रा सम्पन्न भएको छ। मिथिला माध्यमिकी परिक्रमा यात्रा प्रति युवाहरुलाई जागृत गर्दै यसलाई निरन्तरता दिन अभिभावकत्व स्वरूप सेभ जलेश्वर द्वारा गत वर्ष देखी आयोजना हुँदै आइरहेको मोटरसाईकल ले गरिने परिक्रमा यात्रा यस वर्ष पनि भव्यता साथ सम्पन्न भएको सेभ जलेश्वरका संयोजक रोहित साहले जनाएका हुन ।
भगवान श्री मिथिला बिहारी श्री किशोरी जी को भक्तिमा भावविभोर भई महोत्तरी सदरमुकाम जलेश्वर लगायत वरपर गाउँका श्रद्धालु भक्त सम्मिलित मिथिला माध्यमिकी परिक्रमा यात्रा निर्विघ्न र श्रद्धाविभोर रूपले सम्पन्न भएको साहले उत्साह व्यक्त गर्दै जनाएका छन । मिथिला माध्यमिकी परिक्रमाको पन्द्रह विश्राम स्थलको भ्रमण तथा अवलोकन गर्दै सम्पूर्ण परिक्रमा यात्री एकदिने मोटरसाईकल परिक्रमा यात्रा सकुशल सम्पन्न गरी आआफ्नो गृहस्थल सहजै पुगेका छन । सेभ जलेश्वर एक जलेश्वरको समुन्नत विकास का लागि आवाज उठाउने संस्था मात्र नभएर जलेश्वरका लागि लागिपर्ने सरसफाई अभियान संचालन गर्ने संस्था सहित धार्मिक अभियान का लागि कार्यरत रहने संस्था समेत रहेको सेभ जलेश्वर एउटा स्वतंत्र संगठन हो संयोजक साहले जनाएका हुन।
मोटरसाइकलले सहभागी परिक्रमा यात्रिलाई भोजन व्यवस्थापन जलेश्वर निवाशी हाल धनुषा महेन्द्रनगरका शिवशंकर चौधरीले आयोजन गरेका थिए भने महोत्तरीको बनौटामा हिन्दु सम्राट सेना महोत्तरीका जिल्ला अध्यक्ष द्वारा सम्पूर्ण परिक्रमा यात्रिहरुलाई माल्यार्पण गर्दै स्वागत गरिएको थियो । यस वर्षको परिक्रमा यात्रामा महिला सहभागिता विगत वर्ष भन्दा उत्साहजनक उपस्थिति रहेको संयोजक साहले बताएका छन ।
सेभ जलेश्वरका सम्पूर्ण अभियानिहरुको सलाह तथा सहयोगले पन्द्रह दिने परिक्रमा स्थलको भ्रमण तथा अवलोकनका लागि आयोजित एकदिने मोटरसाइकल परिक्रमा यात्रा सम्पन्न भएकोमा सेभ जलेश्वरका संयोजक साहले हार्दिक कृतज्ञता व्यक्त गर्दै परिक्रमा यात्रालाई निरन्तर राख्न आगामी वर्षहरुमा पनि यसै उत्साह र उमंग ले सहभागिता दर्शाउन प्रयासरत रहिरहने विश्वास जनाएका हुन ।




