महोत्तरी - डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरी जिल्लाको औरही नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरिएको छ। शनिबार औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरको प्रांगणमामा जनमत पार्टी औरही नगरपालिकाका नगर संयोजक राम चन्द्र दासको अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य संजय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त अधिवेशनबाट देवेन्द्र साहको नेतृत्वमा २१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको सो कार्यसमितिको उपाध्यक्षमा सुनिता कुमारी रजक ,सचीवमा रोसन यादव,सहसचिव मिना यादव, सदस्यमा रामचन्द्र मण्डल,रिया लाल महतो,गगन यादव,भारत महतो,राम ईश्वर राय यादव,राज नारायण साह,राज कारण यादव,कैलाश चौधरी,राम भगत मण्डल रहेको हो। त्यसैगरी सदस्यमा दशैँ मण्डल,हरि नारायण महतो,तारा देवी मण्डल,सुरेन्द्र साह,श्रवन महतो,सुरेश महतो,राम चन्द्र दास सहित २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

अधिवेशनबाट चयन भएका कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवले प्रमाणपत्र समेत प्रदान गरेको छ। अधिवेशनमा जनमत पार्टीका केन्दीय सदस्य तथा नगर पर्यवेक्षक विदेश कुमार सहनी,जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरेन्द्र कुमार मण्डल,जनमत पार्टीका राहनैतिक समीति सदस्य सुनिल रोहित झा,केन्द्र सदस्य सुरेश प्रसाद सिंह,जनमत पार्टी रा.प.स मनोज कुमार साह,प.प.स राम स्नेही यादव सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको हो।

नव निर्वाचित औरही नगरपालिकाको नगर संयोजक देवेन्द्र साहले आफू माथि ठुलो कार्यभार थपिएको बताउँदे उनले भने. ' अब पार्टी बिस्तार,कार्यकर्ताहरुको समस्या सावधान गर्न दिनरात लाग्नेछु। नयाँ सोच र यहाँका समाजलाई राम्रो बनाउने ,बिकाश गर्ने र यहाबाट भ्रष्टाचारी हटाउने अभियानमा लाग्नेछु ।' नगर अधिवेशन कार्यक्रमका बीचमा लोसपा पार्टी लगायत करिब ९० जनाले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।

मधेसका समस्याहरू बिस्तारै समाधान गर्दै किसानको मलखादको ब्यबस्थाप्रति आफूहरु गम्भीर भएको सहभागी नेता तथा रामगोपालपुर नगरपालिका नगर प्रमुखका प्रत्यासी रामजीवन साहले बताए।







