महोत्तरी – बर्दिवास नगरपालिकाभित्र स्थायी बसोवास गर्दै आएका मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका दीर्घरोगी बिरामीहरूलाई नेपाल सरकारको निर्णय अनुसार मासिक रू। ५,००० औषधि उपचार खर्च प्रदान गरिँदै आएको छ।
नगरपालिकाका अनुसार यस आर्थिक वर्षमा पनि सो सुविधा निरन्तर प्राप्त गर्न इच्छुक लाभग्राहीहरूले २०७९ सालको मौजुदा विवरण नविकरण गर्नुपर्नेछ। यस सम्बन्धमा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “उपचार खर्च वापतको सुविधा लिइरहेका लाभग्राही बिरामीहरूले आगामी भदौ मसान्तभित्र आवश्यक कागजातसहित नविकरण गरिसक्नुपर्नेछ, नविकरण नगरिएमा औषधि उपचार वापतको रकम उपलब्ध नहुनेछ।”



पेश गर्नुपर्ने कागजातहरू यसप्रकार छन्स्
उपचाररत अस्पतालबाट प्राप्त अनुसूची–१ अनुसारको प्रमाणित पत्र
बिरामीको नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
राष्ट्रिय वाणिज्य बैंकमा रहेको बिरामीको खाताको चेकको प्रतिलिपि
सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस पत्र
नगरपालिकाले वडा नं। १ देखि १४ सम्मका सम्पूर्ण वडाहरुलाई सम्बन्धित लाभग्राहीहरूसम्म सूचना पुर्याउन समेत निर्देशन दिएको छ।
बर्दिवास नगरपालिकाको सामाजिक समावेशीता र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयासस्वरूप दिइएको यो सेवा नगरभित्रका दीर्घ रोगी बिरामीहरूका लागि जीवन रक्षाको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।





