सर्लाही - पोखरी (भरत ताल) मा मृत फेला परेकी किशोरीको आज पहिचान खुलेको छ ।
मृतक सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–४, बलरा गोठकी २० वर्षीया विकुकुमारी सहनी रहेको पुष्टी भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार मृतकका आमा, बुवा प्रादेशिक अस्पताल मलङ्गवामा आएर शवको पहिचान गरेका हुन् ।विकुकुमारीको शव पोष्टमार्टमपछि आजै परिवारले बुझेका छन् । उनी हिजो बिहानपख भरत तालमा डुबेको अवस्थामा मृत फेला परेकी थिईन् ।
किशोरी घरायसी झगडा भएपछि हिजो बिहान घरबाट निस्किएर हिँडेको बुझिएको छ ।




