महोत्तरी । ३० वैशाखमा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
स्थानीय तहको निर्वाचन रोक्न महोत्तरी भंगाहा नगरपालिकाका मेयर संजिव कुमार साहले दायर गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो।
५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै मेयर साहले हिजो (मंगलबार) रिट दायर गरेका थिए। रिटमा ३० वैशाखमै निर्वाचन गर्दा आफ्नो कार्यालय पूरा नहुने उनको ठहर थियो।




