महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका ५ जंघा पुलमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट सर्लाहीतिर जाँदै गरेको ना३ख ६९६४ नम्बरको ट्रक र विपरित दिसाबाट भुस लोड गरेको प्र १-०२-००१ ख ९०९७ नं. को ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।



दुर्घटनामा परेर घाइते भएका ट्रक चालक जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-३ पाटुका ३० बर्षीय रुमेश बरायलीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्टले शिरीष न्युज महोतरीसहकर्मी लाई बताए ।
उनका अनुसार कन्टेनर चालक ललितपुर माहाकाल गाउँपालिका ३ का ४२ वर्षीय राजु लामा ठाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् । लामालाई बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको उनले जनाए ।
ट्रकमा सवार सर्लाहीको ईश्वरपुर १२ घाँरीबथान बस्ने २२ की सुजता खड्काको टाउकोमा चोट लागेको छ । ट्रकका चालक बर्दिबास ३ बस्ने ३० वर्षीया रुमेश बराइली र सहचालक निरज परियारको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ। उनीहरुको बर्दिबासका अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




