जनकपुरधाम- लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई टिकट दिने निणर्य गरेको छ ।
लोसपाको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाकालागि मेयर तथा उपमेयर उम्मेदवार टुंगो लगाएको हो ।



चौधरी लोसपाको जनकपुरधाम उपमहानगर समिति अध्यक्ष हुन् भने मिश्र जनकपुरधाम उपमहानगरपालिकामा २०७४ को चुनावमा निर्वाचित उपमेयर हुन् ।
मिश्र पुनः चुनाव लड्नको लागि उपमेयरबाट शुक्रबार राजीनामा दिएका छन् । लोसपा नगर समितिले जनकपुरधामका मेयरका लागि उम्मेदवार बनाइएका चौधरीका अतिरिक्त प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, मनोज चौधरी र अमर पञ्जियांरका नाम सिफारिस गरेका थिए ।
उम्मेदवार चयनमा ढिलाइ भइरहँदा लोसपाका स्थानीय नेता जानकीराम साहले चैत ६ गते पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरिसकेका छन् । उनि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्ष थिए ।
लोसपाकै अर्का सदस्य र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले पनि पार्टी परित्याग गरी तमलोपामा प्रवेश गरिसकेका छन् ।




