जनकपुरधाम- सर्लाहीको बागमती नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। भरतकुमार थापाले मेयर पद दोहोर्याए। उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भइन्।
थापाले नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ लाई तीन हजारभन्दा बढी मतले पराजित गरे। थापाले ११ हजार ३५७ मत पाए भने बस्नेतले ७ हजार ३६८ मत मात्रै पाए।



मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन्। उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन्।
बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चार वटा पालिकामा जित निकालेको छ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बलरा नगरपालिका र रामनगर गाउँपालिका मात्र जितेको थियो।
यता छिमेकी नगरपालिका हरिवनमा भने नेकपा माओवादी र एमालेको कडा प्रतिस्पर्धा भइरहेको छ।




