महेन्द्रनगर- गुरु पुर्णिमाको अवसरमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ७ मा सेवा निर्बित्त शिक्षक (गुरुवर्ग) हरुलाई सम्मान गरिएको छ ।

स्थानीय रमेश बराल खत्रीको संयोजकत्व तथा क्षिरेस्वरनाथ वडा न.७ र दुर्गा तुल्सि आधारभुत बिद्यालय दुर्गाटोल को आयोजनामा गरिएको गुरु सम्मान कार्यक्रममा यस क्षेत्रका ५० जना अवकास प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको हो ।

वडा नं ७ का वडाअध्यक्ष मो.मुबारक कवाडीको अध्यक्षता तथा ९७ वर्षीय शिक्षक रामापती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५० जना अबकास प्राप्त शिक्षकहरुलाई फुल माला र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रमका संयोजक रमेश खत्रीबाट यस कार्यक्रमलाई प्रत्यक बर्ष निरन्तरताको लागि आफ्नो तर्फ बाट दुई लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरे ।







