महोत्तरी– महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) गौशाला नगरपालिका वडा नं. १ र २ को मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत प्रसाद साह अगाडि देखिएका छन् ।
अहिले सम्म १२५० मतगणना हुदाँ साहले ११६९ मत प्राप्त गरेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका राम श्रेष्ठ महतोले १००५ मत प्राप्त गरेका छन् । अहिले मतगणनामा जारी रहेको छ ।







