महोत्तरी – महोत्तरीको पुरानो व्यापारीक केन्द्र गौशाला बजारका ब्यापारीहरु अहिले व्यवसाय गर्न निकै त्रसित छन् । यस क्षेत्रमा विगत केहि समय देखि एक पछि अर्को चोरीका घटनाहरु भइरहेको हुँदा व्यापारीहरु असुरक्षित महसुस गरेका छन् । विगत केहि महिनाको अबधिमा करिब दर्जन बढी सवारीसाधन चोरी भएको छ। सवारी साधनमा साईकल, मोटरसाईकल र चार चक्का समेत चोरी भएको छ।
मंगलवार राती पनि करीब पौने ९ बजेको समयमा वडा नंम्बर ५ स्थित ब्रह्मस्थान नजिक घर अगाडि लगाई राखेको प्रदेश २–०२–००४प८९५८ नंम्बरको २२० सिसि कालो र रातो कलर भएका पल्सर मोटरसाईकल चोरी भएको सवारीधनी अहमद अंसारीले बताए । यस अघि गौशाला बजारबाट सिटिजन बैकको पश्चिम र उतरतर्फको बीचमा रुपेश कुमार साहले आफ्नो घर अगाडि पार्किङ गरी राखेको प्र २–०२–००१ च ०८१७ को चार चक्के गाडी (कार) समेत चाेरी भएको थियो ।



बजार परिसरका वरीपरि ठाउँठाउँमा सिसिटिभि, प्रहरी प्रशासनको निगरानी हुदाहुदै चोरीको घटना हुनेगरेको भन्दै प्रशासन अनुसन्धान मै सिमित रहेको गौशाला बजारमा ब्यापार गर्दौ आएको एक ब्यापारी फैसन स्टोर्स कपडा पसलका सञ्चालक सुजित यादवले आरोप लगाए ।
यस्ता घटनामा सानोतिनो चोर नभई चोरहरुको गिरोह नै सकृय रहेको हुन सक्ने हुदा चाडै पक्राउ गरी कारबाही गर्न स्थानीयहरुले माग गरेका छन् ।




