सर्लाही- चन्द्रनगर गाउँपालिका वडा नंं ६ नाढीमन तालमा अवस्थित गाउँपालिकाको कार्यालय अगाडी रहेको छतौनको रुख निर शारीरिक रुपले मजबुत रहेका कार्यपालिका सदस्य रविन्द्र सिहं, मोलाजिम मंसुर (कार्यापालिका सदस्यको श्रीमान) र वडा अध्यक्ष मिलेर दलित पुनित पासवानलाई कुटपिट गरेका छन् ।
छतौनको रुख निर वडा अध्यक्ष राजिव सिहं सित उपभोक्ता समितिमा दलित समुदायलाई पनि राख्नुपर्ने भनी कुरा गरिरहदाँ मोलाजिम मंसुरले पुनित पासवानलाई भन्दै मोवाईल रेर्कड गरी चारै तिर कुरा लगाउने गरेको भन्दाँ पुनितले आफुले कुनै रेर्कड नगरेको, मेरो मोवाईल चेक गर्नु भन्दैमा मोलाजिमले मार सला दलितलाई भने पछि रविन्द्र सिहंले पुनित पासवानको मुखमा मुका हान्न थाले, त्यसमा थपदै मोलाजिम मंसुरले पनि कुटपिट गर्न थाले र वडा अध्यक्ष राजिवले गर्दनमा हातले दवान थाले । दलित सानो जात भएर मुख लगाएको भन्दै थप वडा नं. ६ का वडा अध्यक्ष राम स्वरुप राउत, वडा नं. ५ का वडा अध्यक्ष सुवंश राय समेत सानो जात भएर ठुलो कुरा गर्ने भनेर अपशब्दहरु भन्न थाले । झन श्याम सिहं, सत्यदेव सिहं जस्तो ठुल ठुला नेताले पनि नाढीमनमा दलित भएर नेता बन्न खोजेको पुनित पासवानलाई मार कि मार पछि जे हुन्छ हुन्छ भनेर कराउदै भनेका ६५ बर्षीय जगतारण देवी पासवानले बताए । उहाँले थप्दै भने बालिका भेला गर्न नदिन केही दिन अगाडी नाढीको दलित ढागंर बस्तीमा निज र निजको प्रतिनिधिहरु आएका थिए तर पुनितले यस्को बालबालिका अधिकार रोक्न यो दलित बस्तीबाट कोही जादैन र कसैलाई जान नदिएको कारणले ति जनप्रतिनिधिले अनाहकमा कुटपिट गरेको बताए ।



सर्वहराको पार्टी माओवादी आज दलितलाई नै सखाप पार्न लागिपरेकोले पुरै दलित बस्ती अहिले त्रासमा छ, वडा नं ७ नाढीमा सिहंको बाहुल्यता छ, तिनीहरु मिलेर सम्पुर्ण दलितलाई कुटपिट गरी भगाउने हो कि त्रासमा रहेको नाम न खोल्ने शर्तमा बताए। अहिले माओवादी र सिहंहरु मिलेका छन् तिनीहरुको मन्त्री, पुलिस, प्रशासन छ अब नाढीको दलित बोल्न सक्ने पुनितलाई मार्ने हिसाबले लागि परेका छन् अब त तिनिहरुको विरुद्धमा बोल्ने हिम्मत कसैको हुदैन । जनप्रतिनिधिको नाममा कार्यपालिका सदस्य रविन्द्र सिहं, कार्यापालिका सदस्यको श्रीमान रहेको मोलाजिम जथाभावी अपशब्द बोल्ने गरेको, कुटपिट गर्ने गरेका छन्। केही दिन अगाडी बालिका सम्मेलनको लागि टेन्ट लगाईरहेका मान्छे समेतलाई धम्की दिईरहेको भिडियो नै सार्वजनिक भएका थिए ।




