सिरहा । सिरहामा दुई मोटरसाईकल एक आपसमा जुध्दा तीन जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
सिरहा जिल्लाको सिराहा नगरपालिका वडा नम्बर १९ सन्हैठाको नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले बताए।
तीनै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र दुर्घटनामा घाइते भएका सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको डिएसपी पाण्डेले बताए।




