भैरहवा- रुपन्देही जिल्ला को सैनामैना नगरपालिका वडा नं ६ कलौनी मा अस्थायी प्रहरी पोष्ट रामापुर कलौनीको सोमवार स्थापना गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी को प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी ले अस्थायी प्रहरी पोष्ट यस क्षेत्र मा स्थापना भए संगै नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण, शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा गर्नेमा समेत यस चौकीले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन्।




सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि नगरपालिका समेत सदैव तत्पर रहेको बताए।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवरले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोग एवम् सहजिकरणका लागी सदैव तत्पर रहेको जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क ले स्वागत मन्तव्य व्यक्त गर्दै भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल प्रहरीको नियमति बजेट ५लाख ५० हजार र प्रदेश सरकारको ५ लाख बजेट र स्थानिय जनसमुदायको सहयोगबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी प्रहरी उपरी़क बि.क ले जानकारी गराए ।




