काठमाडौं- काठमाडौंको स्वयम्भूमा आमासहित दुई छाेरी मृत फेला परेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका हुन्।
सबै जनाकाे घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। घटनास्थलमा श्रीमान रामप्रसाद फेला नपरेपछि उनी शंकाकाे नजरमा परेका छन्। उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ।



घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे छ।




