हाम्रो माया घर निर्माणार्थ दान संकलन गर्ने उद्देश्यले बर्दिवासमा आयोजित शिव पुराण माहायज्ञको खर्च र आम्दानी सार्वजनिक भएको छ ।
गत साउन २१ गतेदेखि २९ गतेसम्म आयोजित शिव पुराण माहायज्ञमा २ करोड ५ लाख ९ हजार ३ सय ३२ संकलन भएको मुल आयोजक समितिले जनाएको छ ।
आज एक पत्रकार सम्मेलनका विच ३० लाख ५० हजार ४८२ रुपैयाँ खर्च भएको र वाकी रहेको रकमवाट हाम्रो माया घर निर्माणको प्रारम्भिक कार्य अगाडि वढाईएको समितिका आर्थिक संयोजक सम्भु भट्टराईले जानकारी दिए ।



भवन निर्माणार्थ दाताहरुले सहयोग गरेको ६६५ बोरा सिमेन्ट, काठ र सामानहरुलाई पनि अर्थमा रुपान्तरण गरिएको छ । जसमध्ये सवैभन्दा बढी ५०५ बोरा सिमेन्ट स्थानिय व्यवसायी कुमार भण्डारीले सहयोग गरेका छन ।
कार्यक्रम अवधीमा आएर मधेश प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयका मन्त्री सरोज यादवले प्रतिवद्वता जनाएको ३० लाख रुपैयालाई संकलित रकम अन्तर्गत राखिएको मुल आयोजक समितिका संयोजक हिरा गौतमको भनाई छ ।




