मटिहानी- महोत्तरी मटिहानी नगरपालिका वडा नं ६. अग्नी पिडितहरुको खानेपानि समस्या समाधानको लागि स्थापित ६ थान डिप ट्युवेलको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ।
ट्रिङ्गाल जेनेरेशन दुमेनिरायर को आर्थिक सहयोग र मटिहानी नगरपालिका तथा रतौली युवा क्लव को समन्वयमा संचालित हयाण्ड पम्प स्थापना परियोजना अन्तर्गत स्थापित उक्त डिप ट्यूवेलको उद्घाटन मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नु भएको हो। अग्नि पिडित परिवारहरुको उपस्थितीमा सम्पन्न सो उद्घाटन कार्यक्रममा रतौलि युवा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, वडा न ०६ का अध्यक्ष कलिम अंसारी ट्रिङ्गल जेनेरेशन दुमेनिरायरका सकि सिंह अधिकारी बम र रतौलि युवा क्लवका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



“यस पिडित समुदायलाई स्वच्छ खानेपानिको गर्जो टारेकोमा नगर प्रमूख हरि प्रसाद मण्डलले ट्रिङ्गल लगायत रतौलि युवा क्लव लाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै थप कार्यक्रमहरुले, यहाँका समूदायलाई मानविय सहयोग गर्ने प्रतिवद्धता रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी ले प्रतिवद्धता व्यक्त गर्नुभयो ।




