ढल्केवर - धनुषाको वटेशवर गाँउपालिका -१ स्थित बडहरी खोला नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
क्रसर माफियाले खनेको खाल्डो र त्यसमा जमेको पानीमा साथीहरु सँग नुहाउन गएका बेला स्थानिय रामशोगारथ महतोको १४ वर्षिय छोरा अविनाश महतोको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
वटेशवर गाँउपालिका -१ का वाडा अध्यक्ष अशोक महतोका अनुसार "हामीसँग कुनै समन्वय नगरी खेत धनीले क्रसर माफिया सँग मिलि अवैध उत्खनन् गरेको छ। र यस्ता घटनाहरु बारम्बार दोहोरिने भएकाले दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
"यो घटनाको जिम्मेवार क्रसर माफियासँगै स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत रहेकाे र कमिसनको आडमा अवैध उत्खननको संरक्षक यी दुवै निकाय गरेको हुनाले दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने स्थानिय गाउँलेहरू को भनाई छ।
वटेशवर गाँउपालिका र मिथिला नगरपालिका को क्षेत्रमा क्रसर माफियाहरुको बिगबिगी निरन्तर रहेको छ। वटेशवर गाँउपालिका मा दुईवर्ष अघि विगही खोलामा खनाएको खाडलमा स्थानीय विनोद महतोको छोराले अकालमा ज्यान गुमाएका थिए ।




